Thursday, December 29, 2011

gajal


माया गर्छु तिमीलाई,मेरो साथ छोडेपनि
म प्रति तिरस्कारका ,फूल मनमा  गोढेपनि

आशुं लुकाई खुसीहरू दिने चेस्टा गरौला
पराइसंग तिमीले ,मनको नाता  जोडेपनि

तिमी खुशी हुन्छौ भने,बिस्मत मान्दिन म
केहि पलका कसमहरु,स्वार्थीपनले तोडेपनि

दोबाटोमा साथ छोड्यौ खै के भनु र म?
संगै हिड्ने पिरतीका नयाँ बाटो मोडेपनि